पोखरा/प्रचण्ड र माधब नेपाल निकट समुहले पोखरामा संसद बिघटनको बिरुद्ध ११ बजे जुलुस सुरु गर्ने भनेको भएपनि हालसम्म जुलुश सुरु भएको छैन । दहाल नेपाल निकट कार्यकर्ता यतिबेला गाउँगाउँबाट जुलुसका लागि बसमा आउने आफ्ना नेता कार्यकर्ता र भाषणका लागि आउने नेताहरुको प्रतिक्षमा रहेका छन् । अहिले चिप्लेढुङ्गामा करिव पाँच सय मात्र आन्दोलनकारीहरु रहेका छन् ।
सभालाई सम्बोधन गर्न नेता सुरेन्द्र पाण्डे कार्यक्रम स्थलमा आएका छन् भने अर्का बक्ता खिमलाल देबकाृटा बाटोमा नै रहेको जानकारी गराईएको छ ।
