काठमाडौँमा आज यो वर्षकै धेरै जाडो भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहान ५:४५ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस रहेको जनाएको छ ।
यसअघि पुस ३ मा १ दशमलब ६ डिग्री सेल्सियसमा झरेको थियो ।
आज अधिकतम २० डिग्री सेल्सियसम्म तापक्रम पुग्ने महाशाखाले अनुमान गरेको छ।