वनमा आधारित लघु उद्यम सम्वन्धि एक दिने कार्यशाला गोष्ठी

पर्वत, १ पौष/नेष्डो सुचना विभाग÷सामुदायिक वनमा रहेका विपन्न उपभोक्ताहरुको जीविकोपार्जनमा सुधार गर्नका लागि वनमा आधारित लघु उद्यमहरुको प्रवद्र्धन एवम् व्यवसायिकतामा जोड दिनु पर्ने पर्वत जिल्लामा आयोजित एक कार्यशाला गोष्ठीमा सहभागीले वताएका छन् ।वहुसरोकारवाला वन परियोजना अन्र्तगत जिल्ला वन कार्यालय पर्वतका प्राविधिक सहयोग, लि–वर्ड पोखराको आर्थिक सहयोगमा स्थानीय राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालद्वारा आयोजित वनमा आधारित लघु उद्यम प्रवद्र्धन एवम् विकास तालिमका सहभागीहहरुले सो कुरा वताएका हुन । जिल्लामा रहेका वनमा आधारित लघु उद्यमहरु, तीनको वर्तमान अवस्था र भावि मार्गदर्शनको पहिचान गर्ने उद्देश्यले सो गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा जिल्लाका टकलाक देखि शालिजासम्मका २७ गाँउ विकास समितिका ८५ जना लघु उद्यमी तथा सरोकारवाला निकायका प्रतिनिधीको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाई, जिल्ला वन अधिकृत शान्तमायाँ श्रेष्ठ, सहायक वन अधिकृत हरिश्चन्द्र सापकोटा, घरेलु विकास समितिका वरिष्ठ उद्योग अधिकृत शिवशंकर वानिया, लि–वर्डका उद्यम सहजकर्ता नीर वहादुर वि.क. सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष किशोर सापकोटा र फेकोफोन वाग्लुङ्गका महासचिव प्रेम लामिछानेले विभिन्न विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा वन उद्यम विकास र व्यवस्थापन, जडिवुटी र वन उद्यम विकासमा नीतिगत तथा कानूनी व्यवस्था, जडिवुटी स्रोत, पहिचान र उपयोग, उद्यम सुचिकरण तथा वजारीकरण आदि विषयमा सहजीकरण गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक उत्तम प्रसाद अधिकारीले वताउनु भयो ।

कमेन्टहरु
Loading...