तालचोकमा बन्ने भयो कोल्डस्टोर

कास्की निर्वाचन क्षेत्रनं १(१) का प्रदेश सांसद दीपक कोइरालाले कृषि उपज उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

किसानहरुले उत्पादन गरेका कृषि उपजको बजारिकरण पनि आवश्यक रहेको सांसद कोइरालाले बताए ।

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तरगत पोखरा २७ लेखनाथ तालचोकमा कोल्डस्टोर निर्माणको लागि २५ लाख रकम विनियोजन गरेको उनको भनाइ थियो ।

लेखनाथ उद्योग बाणिज्य संघले पोखरा–२७ को महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद विक्रि केन्द्रमा कोल्डस्टोर निर्माण गरिने भएको हो ।

स्थानिय स्तरमा उत्पादीत कृषि जन्य वस्तुलाई उपभोक्तासम्म सुरक्षित तरिकाले भण्डारण गर्नमा सहयोग पुग्ने उद्देश्यले सांसद कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत कोडस्टोर संचालन गर्न लागिएको २५ लाख रकम विनियोजन गरेको र उद्योगबाणिज्य संघले त्यसको १० प्रतिशत गरेर २७ लाख ५० हजारमा शित भण्डार निर्माण हुने बताए ।

उनले लेखनाथ क्षेत्रमा कृषि उत्पादन राम्रो हुने तर बजारीकरणको समस्या देखिएकोले कृषि बजार संगै कोल्डस्टोर निर्माणले कृषकहरुलाई फाइदा पुग्ने अपेक्षा गरिएको बताए ।

कृषि उपज खरिद विक्रि केन्द्रमा रहेका २६ वटा सरटमा कृषकका आफ्नै सटर पनि हुनुपर्ने सांसद कोइरालाको भनाई रहेको थियो ।

सदनमा समेत कृषि र उत्पादनको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवाज उठाउदै आउनु भएका सांसद कोइरालाले प्रदेश सरकारले अहिले निर्वाचन पूर्वाधार विकास कार्यक्रममा कृषि पर्यटनलाई समेटेर कार्यविधि ल्याएको जानकारी दिए ।

विकास भनेको बाटो घाटो मात्र नभई आय आर्जनका लागि उत्पादनसँग जोडिएर आर्थीक गतिविधीलाई पनि अगाडी वढाउनु पर्ने सुझाव कोइरालाको छ ।

सकेसम्म आफुलाई आवस्यक पर्ने आवस्यक खाद्य सामाग्री आयात नगरी आफैले उत्पादन गर्ने र वढि उत्पादन गरेर निर्यात गर्नसक्नेसम्मका योजनालाई अगाडि सार्ने हो भने सुखि नेपाली समृद्ध नेपाल बन्न सक्ने उनको भनाई थियो ।

सोही अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरीले सरकार र निजी क्षेत्रको सहकार्यमा बाणिज्य क्षेत्रका उद्योग धन्दा भन्दा पनि कृषिमा आधारित उद्योग धन्दा संचालन गर्नुपर्ने बताए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानिय स्तरमा उत्पादित कृषिजन्य वस्तुलाई बजारिकरण गर्न ब्यवस्थित तरिकाले भण्डारण र किसानको लगानीलाई सुरक्षीत गर्नका लागि संघ कृषिमैत्री कार्यक्रम मार्फत अगाडि वढेको बताए ।

संघका महासचिव गोपिचन्द्र बास्तोलालले संचालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन सहित कृषि उपज खरिद विक्रि केन्द्र र कोल्डस्टोरको महत्व र उपयोगिताका बारेमा जानकारी गराउनु भएको थियो ।

कमेन्टहरु
Loading...