पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट थप २ जनाको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप २ जनाको कोरोना संक्रमणबाट निधन भएको हो ।
पछिल्लो पटक कोरोनाबाट पोखरामा ज्यान गुमाउनेमा पोखरा १२ का ८४ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारका क्रममा आज बिहान पौने ६ बजे पोखराको फिस्टेल अस्पतालमा ज्यान गएको हो । उनलाई मंसिर २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा १ का ७६ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको मंगलबार राति १० बजेर २० मिनेट जाँदा फिस्टेल अस्पतालमा ज्यान गएको हो । उनलाई मंसिर २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ज्यान गुमाउनेको कुल संख्या १ सय ८६ पुगेको छ ।