तनहुँ संवादाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले तनहुँका सिडिओले अरिंगाल भएर व्यवहार गरेको टिप्पणी गरेका छन् ।
उनले तनहुँका सिडिओ सागर आचार्यलाई सिडिओ भएर बस्ने अधिकार नभएको जिकीर गरे ।
‘प्रधानमन्त्री केपी शर्मा वलीको अरिंगाल भएर काम गर्ने हो भने सिडिओ भएर बस्ने अधिकार उनलाई छैन । अरिंगालको फौजमा गएर जोइन गर, होइन भने सिडिओ भएर बस्ने हो भने हिसाव किताव हुन्छ,’ उनले भने, ‘जनतामाथि आक्रमण गर्न पाइदैन, रामचन्द्र पौडेलमाथि आक्रमण गर्न पाइदैन ।’
सोमबार तनहुँको दमौलीमा नेपाली कांग्रेसले आयोजना गरेको बिरोध सभालााई सम्वोधन गर्दै नेता रिजालले सो कुरा बताएका हुन् ।
उनले तनहुँ क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद किसान श्रेष्ठलाई इंगित गर्दै भने किसान भाइ रामचन्द्र पौडेलमाथि सम्मान गर्न सिक्नुस । ‘सिक्नुभएन भने जनतााले अपमान गर्छन् । जनता अपमानित भएर बस्दैनन् ।’
मसिर १७ गते बुल्दी पुल उद्घाटन गर्न जाँदा कांग्रेस वरिस्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुव्र्यवहारप्रति आक्रामक रुपमा प्रस्तुत भएका नेता रिजालले अधिकांस समय तनहुँका सिडिओ आचार्यमाथि खनिए । सिडिओले अरिंगाल भएर व्यवहार गरेका छन् । सिडिओ को काम के हो थाहा छैन, उनले भने ‘सिडिओले अरिंगाल भएर व्यवहार गरे त्यसको हिसाव किताव गर्नेछौ ।’
कार्यक्रममा बोल्दै नेता रिजालले सरकार विधिमा चल्नुपर्ने बताए ।
‘यो दुई तिहाइको सरकार भएपनि जनताको पक्षमा केही गर्न सकेको छैन । जनता महामारीको चपेटामा छन् । तर प्रधानमन्त्री वलीले केही गर्न सकेका छैनन् । आफनै पार्टीमा पनि प्रचण्ड र माधव नेपालबीच द्धन्द्ध चलिरहेको छ । अहिले कोभिडको बेला आफ्नै पार्टीभित्र लडाइ झगडा गरेर बस्न भन्दा जनताको स्वास्थ्यमा ध्यान दिए हुन्थ्यो, उनले भने ।
विरोध सभामा जिल्लाका दश वटै स्थानीय तहबाट कांग्रेसका कार्यकर्ताहरु आएका थिए ।
पार्टी कार्यालयबाट सुरु भएको र्याली पदमचोक, भेटघाटचोक, सफासडक हुँदै दमौली बजार परिक्रमा गरेका थिए । विरोध सभामा दश हजार भन्दा बढी कांग्रेस कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।