एउटै विद्यालयका ११ सहित सुर्खेतमा १७ शिक्षकलाई कोरोना पुष्टि

सुर्खेत । सुर्खेतमा एकैपटक १७ जना शिक्षकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लास्थित पञ्चपुरी नगरपालिकामा रहेको सुर्यप्रकाश माध्यामिक विद्यालय पलैटेका ११ जना शिक्षक सहित १७ जना शिक्षकलाई एकैपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३९ जना शिक्षकको स्वाब संकलन पश्चात गरिएको परीक्षणका क्रममा दिव्याज्योती मावि बाबियाचौरका २ जना, गर्भाकोट नगरपालिकामा रहेको नेपाल राष्ट्रिय माविमा २ जना तथा जनसेवा आधारभुत विद्यालयका १ जना शिक्षकलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

त्यस्तै अर्का १ जना शिक्षकलाई पनि संक्रमण देखिएको छ । उनी वीरेन्द्र नगरपालिकाका भएपनि उनको विवरण नआएको बताइएको छ ।

कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुको स्वाब संकलन पश्चात परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भए पनि संक्रमितको अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसेका छन् ।

लकडाउन तथा कोरोना भाइरस संक्रमणको दर वृद्धि भएसंगै बन्द गरिएको भए पनि जिल्लामा तिहारपछि सुरक्षा मापदण्ड अपनाएर धेरै विद्यालय सञ्चालनमा आएका थिए । एकैपटक शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय फेरी बन्द भएका छन् ।

कमेन्टहरु
Loading...