सेतीको बीचमा ढुंगामा अड्किएको शवलाई सेनाले निकाल्यो

तनहुँ संवादाता ।

सेती नदिको बीच भागमा ढुंगामा अड्किएको शवलाई नेपाली सेनाले उद्धार गरेको छ ।

शनिवार घिरिङ गाउँपालिका– ४ का २९ वर्षीय वलसिंह रानाको सेती नदिको विच भागमा ढुंगामा अडकिएको अवस्थामा रहेको शवलाई नेपाली सेनाले निकालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार नदीमा शव देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । खवर थाहा पाउने वित्तिकै प्रहरीको टोली सेती नदीमा पुगेको थियो । तर शव निकाल्न नसकेपछि प्रहरीले सेनाको सहयोग लिएको उपरीक्षक तिमिल्सिनाले बताए ।

शव नदिको विचमा ढुंगामा अड्किएको थियो । प्रहरीले निकाल्न नसक्ने भएपछि सेनाको सहयोग लिएको उनले बताए ।

‘सेतीमा मृत अवस्थामा भेटिएका रानालाई कालिभन्जन गणबाट आएको सेनाको टोलीले निकालेको हो,’ उनले भने ।

पाँच छ दिनदेखि हराइरहेका रानालाई आफन्तले मंसिर २५ गते खोजिदिनको लागि प्रहरीमा निवेदनसमेत दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कमेन्टहरु
Loading...