तनहुँ संवादाता ।
राजसंस्था पुर्नवहालीको माग गर्दै शुक्रबार दमौलीमा प्रदर्शन गरिएको छ ।
देशका विभिन्न ठाउँमा राजसंस्था र हिन्दुराज्यको पक्षमा प्रर्दसन भैरहँदा तनहुँको दमौलीमा पनि युवाले मोटरसाइकल र्याली गरेका छन् ।
राष्ट्रवादी अभियान तनहुँले आयोजना गरेको वृहत् मोटरसाइकल र्यालीमा राजसंस्थाको पुर्नवहाली र हिन्दु राज्यका पक्षमा नारा लगाएका थिए।
अनसन चौतारीबाट सुरु गरिएको र्यालीमा हजारौको संख्यामा युवाले सहभागिता जनाएका थिए ।
र्यालीमा सहभागी उज्वल भटराईले युवाको सहभागिता उत्साहजनक रहेको बताए । हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ लगायतका नारा लगाएर युवाले प्रदर्सन गरेका थिए ।
युवाहरुले पृथ्वी नारायण शाहको तस्वीर र नेपालको झण्डा बोकेका थिए । जिल्लाको आँवुखैरेनी, डुम्रे, खैरेनीटारलगायतका ठाउँबाट युवाहरु मेटरसाइकलमा आएर सहभागिता जनाएका थिए ।