पोखरामा थप १ जनाको कोरोना संक्रमणबाट निधन, ६ जना थपिए

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पछिल्लोपटक पोखरामा थप १ जनाको कोरोना संक्रमणबाट ज्यान भएको हो ।

कोरोना भाइरस संक्रमणबाट पोखरामा पछिल्लो पटक ज्यान गुमाउनेमा पोखरा १० का ७५ वर्षीय वृद्ध रहेका छन् । उनको आज बिहान सवा ९ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

उनलाई मंसिर २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संखया १ सय ८१ पुगेको छ ।

यता पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा ५ का ५५ वर्षीय पुरुष, ७ का ७० वर्षीय वृद्ध, ८ का ५९ वर्षीय पुरुष, ९ की ६३ वर्षीय महिला, १२ का ७५ वर्षीय वृद्ध तथा २९ का २९ वर्षीय पुरुष रहेका छन् ।

यस अगाडि पोखरामा ८ तथा रुपा गाउँपालिकामा १ जना सहित कास्कीमा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा १४ तथा रुपा गाउँपालिकामा १ सहित कास्कीमा १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार १ सय ८ पुगेको छ ।

कमेन्टहरु
Loading...