प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकी प्रदेशका अनुसार प्रदेशको ५ जिल्ला गरि थप ७ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित तनहुँका १ जना,पर्वतका ३ जना, कास्कीका १ जना,मुस्ताङका १ जना र स्याङ्जाका १ जना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७९ पुगेको छ ।

कमेन्टहरु
Loading...