प्रदेशमा थप ४१ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशका ५ जिल्लामा थप ४१ जनामा कोरोना संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार थपिएका कोरोना संक्रमिमध्ये १३ जना कास्की जिल्ला पोखरा महानगरपालिकाका रहेका छन् ।

त्यस्तै लमजुङमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । यता तनहुँमा पनि थप १ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै गोरखा जिल्लामा थप ६ जनामा संक्रमण पुष्टि भएको छ भने स्याङ्जामा थप १ मा संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७२ पुगेको छ ।

कमेन्टहरु
Loading...