पोखरामा थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट निधन

 

पोखरा । पोखरामा थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप ४ कोरोना संक्रमणबाट जनाको निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० का १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ८१ वर्षीय उनको बिहिबार बिहान ३ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

उनलाई मंसिर २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा १३ का ५१ वर्षीय पुरुषले समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । उनको उपचारका क्रममा आज बिहान ५ बजेर २५ मिनेट जाँदा फिस्टेल अस्पतालमा ज्यान गएको हो । उनलाई मंसिर १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यता पोखरा ७ की ६५ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको बुधबार साझ ७ बजे उपचारका क्रममा चरक मेमोरियलमा निधन भएको हो । उनलाई मंसिर २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यता तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ का ७४ वर्षिय पुरुषले संक्रमणका कारण ज्यान गुमाएका छन् । उनको बिहान ३ बजेर १५ मिनेट जाँदा उपचारको क्रममा चरक मेमोरियल अस्पतालमा ज्यान गएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ८० पुगेको छ ।

कमेन्टहरु
Loading...