पोखरामा थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन

पोखरा । पोखरामा थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप ३ कोरोना संक्रमणबाट जनाको निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १४ का १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ७४ वर्षीय उनको मंगलबार बिहान ७ बजेर २५ मिनेट जाँदा गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

उनलाई मंसिर १७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा १५ का ६७ वर्षीय पुरुषले समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । उनको उपचारका क्रममा आज बहिान ४ बजेर २० मिनेट जाँदा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । उनलाई मंसिर २१ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मृतक संक्रमितलाई श्वासप्रश्वास तथा मधुमेहको समस्या रहेको निर्देशनालयले जानकारी दिएको छ ।

यता पोखरा १६ की ५९ वर्षीय महिलाको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको आज बिहान उपचारका क्रममा फिस्टेल अस्पताल पोखरामा ५ बजेर २० मिनेट जाँदा निधन भएको हो । उनलाई मंसिर १७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ७६ पुगेको छ ।

कमेन्टहरु
Loading...