एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले कोरोना भाइरसको १० करोड दोज अमेरिकी नागरिकलाई उपलब्ध गराउने बताएका छन् । वाइडेनले आफूले पदभार ग्रहण गरेको १ सय दिनभित्र अमेरिकी नागरिकका लागि १० करोड डोज उपलब्ध गराउने बताएका हुन् ।
स्वास्थ्यमन्त्रीका रुपमा क्यालिफोर्नियाका महान्यायधीवक्ता जेभियर बेकेरा र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गर्दै उनले आफ्नो पहिलो सय दिनको कार्यकालको अवधिमा मास्कको प्रयोग गर्न अमेरिकीलाई आह्वान गरेका छन् ।
वाइडेनले अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियानलाई कसरी सञ्चालन गर्छन् भन्ने बारेमा खुलाएका छैनन् । कोरोनाका कारण बन्द रहेको विद्यालय खुलाउनु र बालबालिकालाई विद्यालयमा पुनः फर्काउनु आफ्नो मुख्य उद्देश्य भएको वाइडेनले बताएका छन् ।