पोखरा । पोखरामा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा १० का १० वर्षीय १ जना बालक, १२ का ४० वर्षीय १ जना पुरुष, १३ का ८२ वर्षीय १ जना पुरुष, १४ का २५ वर्षीय १ जना पुरुष, १८ का ५२ वर्षीय १ जना पुरुष तथा ३२ का ५० र ५४ वर्षीय पुरुष रहेका छन् ।
यस अगाडि कास्कीमा ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसमा पोखराका ६५ तथा रुपा गाउँपालिकाका १ जना रहेका थिए । यससंगै यो समाचार तयार पार्दासम्म कास्कीमा आज ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ७२ जना पोखरा तथा १ जना रुपा गाउँपालिकाका रहेका छन् ।
त्यस्तै तनहुँमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको ब्यास नगरपालिका, रिशिङ तथा बन्दीपुरका रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ८ सय ८० पुगेको छ ।