पोखरा । पोखरामा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा १ का ३ जना रहेका छन् । सो वडामा ४१ वर्षीय १ जना महिला सहित १२ वर्षीय १ जना बालक र ४३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखरा १३ का ७२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
यस अगाडि पोखराका ६१ तथा रुपा गाउँपालिकाका १ जना सहित कास्कीमा ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ६५ तथा रुपा गाउँपालिकामा १ सहित कास्कीमा ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला बाग्लुङका ८, लमजुङका १, पर्वतका १, स्याङ्जाका १ तथा तनहुँका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ८ सय ७० पुगेको छ ।