एजेन्सी । अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारवाहीमा परेर २८ जना तालिवानी मारिएका छन् । उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारवाही गरेको थियो ।
उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारवाहीमा परी ती तालिवानी लडाकु मारिएका बताइएको छ । ओबे जिल्लामा रहेको १ प्रहरी चौकीमा बुधबार अपराह्न तालिवानी लडाकु समूहले आक्रमण गरेका थिए ।
उक्त आक्रमणपछि सुरक्षाबलले गरेको कारवाहीमा तालिवानी समूहका लडाकु मारिएका हुन् ।
अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार ती लडाकुहरु मारिएका आइतबार जानकारी गराएको छ । कारवाहीको क्रममा सुरक्षाबलले युद्धविमान समेत प्रयोग गरेको जनाइएको छ ।
कारवाहीको क्रममा १ दर्जनभन्दा बढी लडाकु घाइते भएका जनाइएको छ । यस कारवाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको र यस क्षेत्रमा तालिवानीवरुद्धको कारवाही भने जारी रहेको बताइएको छ ।
कान्दाहार प्रान्तको मारोफ जेराई भन्ने जिल्लामा पछिल्ला केही दिनहरुमा तालिबानहरुले हिंसात्मक क्रियाकलाप गरिरहेका छन् ।
सो सूचनाको आधारमा अफगान सुरक्षा फौजले सो कारवाही गरेको हो । उक्त जिल्लामा सक्रिय रहेका तालिवान लडाकु समूहले यस कारवाहीको विषयमा कुनै टिप्पणी गरेको छैनन् । रासस