रुपामा ३ तथा पोखरामा ३४ सहित कास्कीमा थप ३७ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा रुपा गाउँपालिकाका ३ तथा पोखरामा ३४ सहित कास्कीमा थप ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको रुपा गाउँपालिकामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४८, ५२ र ७२ वर्षीय ३ जना महिला रहेका छन् । उनीहरु गाउँपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १ का २५ वर्षीय पुरुष तथा २ का ६३ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

५ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ वर्षीय १ जना महिला तथा ६५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ७ मा ६९ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

८ नम्बर वडामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २७, ६१ र ७३ वर्षीय ३ जना महिला तथा १९ र ३० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ९ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३८, ३९ र ६३ वर्षीय ३ जना महिला तथा ६८ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला तथा ३ जना पुरुष रहेका छन् । सो वडामा ३४ वर्षीय १ जना महिला तथा ९ वर्षीय बालक सहित ४४ र ४८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१२ नम्बर वडाका ४१ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा १५ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २० र ४४ वर्षीय २ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

१७ नम्बर वडाका ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २ जना महिला तथा ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३० र ७३ वर्षीय २ जना महिला तथा ९ वर्षीय २ जना बालक सहित १७, ३० र ३४ वर्षीय पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३८ र ४४ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा २१ का ३८ वर्षीय १ जना पुरुष, २६ का ५० वर्षीय १ जना पुरुष, ३२ की ४२ वर्षीय १ जना महिला तथा ३३ का २९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यस अगाडि पोखरामा २८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म रुपा गाउँपालिकाका ३ तथा पोखरामा ६२ सहित कास्कीमा ६५ जनालाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै म्याग्दीमा २ जना, नवलपरासीमा १४ जना, स्याङ्जामा १ जना तथा तनहुँमा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ६ सय ९३ पुगेको छ ।

कमेन्टहरु
Loading...