वडा नं १७ का ३४ वर्षीय पुरुष सहित पोखरामा थप ३ जनाको कोरोना संक्रमणबाट निधन

पोखरा । पोखरामा थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरामा थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ का ७७ वर्षीया कोरोना संक्रमित महिलाले ज्यान गुमाएकी छिन् । उनको उपचारका क्रममा आज बिहान ५ बजेर २१ मिनेट जाँदा मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको हो ।

उनलाई मंसिर १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सोही वडाका ३४ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको पनि ज्यान गएको छ । उनको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा शनिबार निधन भएको हो ।

उनलाई मंसिर ७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यता लमजुङका १ जना कोरोना संक्रमितको समेत पोखरामा ज्यान गएको छ । उनको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा शनिबार निधन भएको हो ।

उनलाई मंसिर ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ६९ पुगेको छ ।

कमेन्टहरु
Loading...