पोखरामा ३ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा आज यो समाचार तयार पार्दासम्म थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा आज ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा महानगरपालिका वडा नम्बर ११ का रहेका छन् । सो वडामा २३, २५ र ५७ वर्षीय ३ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै गण्डकी प्रदेशमा बाग्लुङका ९ जना, लमजुङका १२, म्याग्दीका १, पर्वतका १ तथा तनहुँका ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ५ सय १० पुगेको छ ।

कमेन्टहरु
Loading...