पोखरा । पोखरामा आज ट्रिपरले ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
आज दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकमा पैदलयात्रीलाई ना ३ ख ६४४५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट पोखराको वडा नम्बर २६ का ७० वर्षीय रामकुमारी विक तथा ६८ वर्षीय रामबहादुर विक घाइते भएका हुन् ।
घाइते २ जनाको नै गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ट्रिपर चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान जारी राखेको बताएको छ ।