पोखरा । यहीँ फागुनमा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने भएको छ। यसअघि राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।
प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशले आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हकीबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण गरेको छ । स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गा खोज्ने कार्य भइरहेको छ।
खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पारे।