पोखरा । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र लाइफ केयर प्रालिमा गरिएको परिक्षण्मा प्रदेशका ४ जिल्ला गरि थप ६५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमितमध्य कास्की जिल्लाका ५९ जना संक्रमित पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै स्याङ्जा जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यता बाग्लुङ जिल्लामा पसनि थप १ जनामा संक्रमण देखिएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ६२ पुगेको छ ।