गन्थन डेस्क
पोखरा महानगरपालिका वडा ३१ पचभैयामा ट्रयाक्टर दुर्घटना भएको छ ।
दुर्घटनामा परी २ जना घाइते भएका छन् । उक्त ट्रयाक्टर करापुटारबाट बेगनास अाउने क्रममा दुर्घटना भएकाे हाे । घाइतेकाे अवस्था गम्भीर भएकाले उपचारार्थ पोखरा ल्याउने तयारी भइरहेको छ ।
उक्त ट्रयाक्टर करापुटार हार्डवेयरकाे भएकाे जनाइएकाे छ । घटनास्थलतर्फ प्रहरी जाँदैछ भने दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।