पोखरा । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माणको पुल उद्धघाटनका लागि कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी भोली (बिहिवार ) तनहुँ आउने भएका छन् ।
तनहुँ कांग्रेस सचिव विश्व बाँस्तोलाका अनुसार विहिबार ११ बजे भण्डारीले उक्त पुल उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ ।
बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्धघाटन गर्न खोज्दा नेकपा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए । कांग्रेस र नेकपा कार्यकर्ताबीच झडपको अवस्था सिर्जना भएपछि जारी निषेधाज्ञा तोडेका वरिष्ठ नेता पौडेललाई प्रहरीले करिब साढे २ घण्टा नियन्त्रणमा लिएको थियो ।
पौडेललाई रोकेपछि भण्डारी सोही पुल उद्धघाटन गर्ने कार्यक्रम सहीत विहिबार तनुहँ आउने भएपछि विवाद थप चर्कने संकेत देखिएको छ ।