केही दिनमा बेलायतले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने

एजेन्सी । कोरोना भाइरसको खोपलाई आम प्रयोगका लागि अनुमित प्रदान गर्ने बेलायत पहिलो मुलुक बनेको छ ।

फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाको खोप आम प्रयोगका लागि अनुमति दिएसंगै कोरोनाको खोपलाई आम प्रयोगका लागि अनुमित प्रदान गर्ने बेलायत पहिलो मुलुक बनेको हो ।

कोभिड १९ विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताउँदै बुधबार मेडिसिन एण्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले आम प्रयोगका लागि अनुमति दिएको हो ।

२ डोज लगाउनुपर्ने उक्त खोप बेलायत सरकारले विशेष गरेर उच्च जोखिममा रहेका समूहलाई केही दिनमा नै दिइने तयारी गरेको छ । बिबिसीका अनुसार २ करोड बेलायतीलाई पुग्ने गरेर बेलायत सरकारले ४ करोड डोज खोप अर्डर गरेको छ ।

कमेन्टहरु
Loading...