पोखरामा अस्पतालहरुमा छ्याप्छ्याप्ती रुपमा कोरोना संक्रमित भेटिन थाले

पोखरा । पोखरा महानगरपालिकामा थप ३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखराको मिलिटरी अस्पतालका २ जना रहेका छन् । सो अस्पतालका २४ र ३० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै साहारा अस्पतालका १ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

फेवासिटी अस्पतालमा समेत १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालकी २० वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

कास्की सेवा अस्पतालका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालकी २१ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा कै चरक मेमोरियल अस्पतालमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २१ वर्षीय १ जना महिला तथा ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

मणिपाल शिक्षण अस्पतालमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो अस्पतालका ४५, ५० र ६८ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८ र ५२ वर्षीय २ जना महिला तथा ६३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

६ नम्बर वडाकी ४७ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा ७ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा ३८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

९ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ वर्षीय १ जना महिला तथा ३१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ११ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ७२ वर्षीय १ जना महिला तथा ४७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १२ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५६ वर्षीय १ जना महिला तथा ५६ वर्षीय १ जना पुरुषलाई संक्तमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १३ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १ जना महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३३ वर्षीय महिला तथा सोही उमेरका पुरुष रहेका छन् ।

१४ नम्बर वडाकी ४२ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा १६ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १६ वर्षीय १ जना किशोर तथा ५८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १९ मा ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २१ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२६ नम्बर वडाकी ५२ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरा ३२ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ४९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस अगाडि पोखरामा ७ तथा मादी गाउँपालिकामा ६ जना सहित कास्कीमा १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ३८ तथा मादी गाउँपालिकामा ६ सहित कास्कीमा ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार १ सय १७ पुगेको छ ।

कमेन्टहरु
Loading...