गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको दोस्रो अध्यावधिक विवरण अनुसार चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पोखरा महानगरपालिका वडा नम्बर १० का १ जना रहेका छन् । सो वडाका ३३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस अगाडि पोखरामा ६ जनालाई संक्रमण भएको थियो । यससंगै आज अहलेसम्म पोखरामा ७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै यो समाचार तयार पार्दासम्म आज कास्कीमा आज १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा नवलपरासी पूर्वका ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रसमितहरु गैंडाकोट, कावासोती तथा मध्येविन्दुका हुन् ।

त्यस्तै गोरखामा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ५ का ६७ का पुरुष हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ८६ पुगेको छ ।

कमेन्टहरु
Loading...