मादीकी १८ महिने बालिका सहित कास्कीमा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । गोरखामा कोरोना भाइरस संक्रमणबाट १ जनाको निधन भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ६ का ७५ वर्षीय महिलाको कोरोना संक्रमणबाट निधन भएको हो । उनको मंसिर १२ गते राति साढे ८ बजे उपचारका क्रममा गोरखा अस्पतालमा निधन भएको अस्पतालले जानकारी दिएको छ ।

उनलाई मंसिर ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ६० पुगेको छ ।

यता कास्कीमा आज १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरणका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाको मादी गाउँपालिकाका ६ जनालाई संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाका १८ महिला १ जना बालिका सहित २४ र ४६ वर्षीय २ जना महिला तथा २६, २९ र ४२ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । गाउँपालिका अन्तरगत उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यस्तै पोखराका गण्डकी मेडिकल कलेजका ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त कलेजका ६० वर्षीय १ जना महिला तथा ३९, ४१, ४४, ५० र ७५ वर्षीय ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

बाग्लुङमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको जैमिनी नगरपालिकाका २७ र ५५ वर्षीय २ जना पुरुष तथा काठेखोला गाउँपालिकाका ३४ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु गाउँपालिका तथा नगरपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ७३ पुगेको छ ।

कमेन्टहरु
Loading...