अमेजनको वनजङ्गल क्षेत्र १२ वर्ष यताकै धेरै विनाश

ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्र १२ वर्ष यताकै धेरै विनाश भएको छ ।

विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिने अमेजन वन क्षेत्र सन् २००८ यता तीव्र गतिमा विनाश भइरहेको तथ्याङ्कहरूले देखाएका छन्।

३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइने अमेजन क्षेत्रमा दश लाख जनजाती समुदायको बसोबास छ ।

अमेजनलाई विश्वको सबैभन्दा ठूलो अक्सिजन भण्डारका रुपमा लिइन्छ ।

यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्दै आएको वैज्ञानिकहरूको दाबी छ ।

पछिल्ला तथ्यांकअनुसार अघिल्लो १२ महिनाको तुलनामा त्यहाँ साढे नौ प्रतिशतले वन विनाश भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

आइएनपीइले सङ्कलन गरेका भूउपग्रहबाट खिँचिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र करिब ११ हजार वर्ग किलोमिटर जङ्गल सखाप भएको पाइएको छ ।

कमेन्टहरु
Loading...