रुपामा २ तथा अन्नपूर्णमा १ जना सहित कास्कीमा थप १० जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाको रुपा गाउँपालिकामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ४८ वर्षीय १ जना महिला तथा २५ वर्षीय १ जना पुरुष रहेका छन् । गाउँपालिका अन्तरगत उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

अन्नपूर्ण गाउँपालिकामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो गाउँपालिका अन्तरगत वडा नम्बर ३ की २५ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरामा ठेगाना नखुलेका ५९ वर्षीय १ जना पुरुष, वडा नम्बर ५ का ७१ वर्षीय १ जना पुरुष, ९ की ७३ वर्षीय १ जना महिला, ११ का ३८ वर्षीय १ जना पुरुष, १४ की ४६ वर्षीय १ जना महिला, १५ की २७ वर्षीय १ जना महिला तथा १७ की ८९ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अगाडि निर्देशनालयले दिएको जानकारी अनुसार पोखरामा १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा २४ जना, अन्नपूर्ण गाउँपालिकामा १ जना तथा रुपा गाउँपालिकामा ३ जना सहित कास्कीमा २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला म्याग्दीमा ९ जना, मुस्ताङमा १ जना, तनहुँमा १ जना, नवलपरासीमा ४ जना तथा गोरखामा १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ९ सय ३९ पुगेको छ ।

कमेन्टहरु
Loading...