पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरामा थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
पोखरा १८ का ५१ वर्षीय पुरुषले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । उनको आइतबार राति पौने १० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
उनलाई मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै स्याङ्जाका १ जना पुरुषको पनि कोरोना भाइरस संक्रमणबाट पोखरामा ज्यान गएको छ । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ का उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान २ बजेर १० मिनेट जाँदा निधन भएको हो ।
उनलाई मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ५८ पुगेको छ ।
पोखरामा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उलपब्ध गराएको उपलब्ध गराएको दोस्रो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा ५ का १ जना महिला, ७ का १ जना पुरुष, १० का १ जना पुरुष, ११ का १ जना पुरुष, १२ की १ जना महिला, १४ का १ जना पुरुष, १५ का १२ वर्षीय १ जना बालक तथा १६ वर्षीय १ जना किशोर, १६ का १ जना पुरुष रहेका छन् ।
त्यस्तै पोखरा १७ का १ जना महिला तथा २ जना पुरुष, २१ का १ जना पुरुष, २३ का १ जना पुरुष, २६ का १ जना महिला तथा १ जना पुरुष र वडा नम्बर ३२ की १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै म्याग्दीका १ जना तथा स्याङ्जाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ९ सय ८७ पुगेको छ ।