पोखरामा थप २ जनाको कोरोना संक्रमणबाट निधन

पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार पोखरामा २ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । उनको आइतबार दिउँसो उपचारका क्रममा ४ बजेर ३३ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

उनलाई मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा १६ का १ जना महिलाको समेत पछिल्लो पटक कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ५७ वर्षीय महिलाको आज बिहान ४ बजे उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा ज्यान गएको हो ।

उनलाई मंसिर १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ५६ पुगेको छ ।

कमेन्टहरु
Loading...