पोखरामा थप २ जनाको कोरोनाबाट निधन

पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट थप २ जनाको ज्यान गएको छ ।

यसरी कोरोनाबाट ज्यान गुमाउनेमा पोखरा १९ का ५७ वर्षीय संक्रमित पुरुष रहेका छन् । उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा शनिबार राति ९ बजेर २० मिनटे जाँदा ज्यान गएको हो । उनलाई मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा ११ का ६० वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान पौने ६ बजे ज्यान गएको हो । उनलाई मंसिर ७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ५४ पुगेको छ ।

कमेन्टहरु
Loading...