रुपा गाउँपालिकामा ८ सहित कास्कीमा थप ३४ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । कास्कीमा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उलपब्ध गराएको पहिलो अध्यावधिक विवरणका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीको पोखरा सहित विभिन्न गाउँपालिकामा ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको रुपा गाउँपालिकामा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो गाउँपालिकामा ३ जना महिला तथा ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३१, ३६ र ६३ वर्षीय ३ जना महिला तथा २७, ५०, ६५, ६८ र ७५ वर्षीय ५ जना पुरुष रहेका छन् । गाउँपालिका अन्तरगत संक्रमितहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

पोखरा महानगरपालिकाका ३६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पोखरास्थित कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

वडा नम्बर १ मा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ११ वर्षीय १ जना बालिका सहित २२, ३० वर्षीय २ जना, ३३, ४५ र ५१ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै सो वडामा २३ वर्षीय ३ जना, २७, ३४, ३७, ४२, ४५, ४६, ४९, ५४ र ५५ वर्षीय १२ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा ३ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३९ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

४ नम्बर वडामा ५६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ९ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा १३ की ७८ वर्षीय १ जना महिला, १४ की २२ वर्षीय महिला तथा १५ का ५४ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला गोरखामा १८ जना, लमजुङमा २ जना, नवलपरासीमा १२ जना, पर्वतमा २ जना तथा तनहुँमा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ९ सय ३९ जना पुगेको छ ।

कमेन्टहरु
Loading...