तनहुँ तथा लमजुङका १/१ जना सहित पोखरामा थप ४ जनाको कोरोना संक्रमणबाट निधन

पोखरा । पोखरामा ३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । तनहुँ तथा लमजुङका १/१ जना सहित पोखरामा ४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको शुक्रबार उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको हो । उनलाई मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पोखरा १० का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको पनि निधन भएको छ । उनको शुक्रबार राति साढे ९ बजे मण्डकी मेडिकल कलेज पोखरामा निधन भएको हो । उनलाई मंसिर १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

तनहुँकी ७८ वर्षीय महिलाले समेत पोखरामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको शुक्रबार साँझ ७ बजे मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई मंसिर ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यता लमजुङका १ जना कोरोना संक्रमितको समेत पोखरामा नै ज्यान गएको छ । जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ६ का ८५ वर्षीय पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञानमा आज दिउँसो २ बजेर ९ मिनेट जाँदा ज्यान गएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ५२ पुगेको छ ।

कमेन्टहरु
Loading...