पोखरा । पोखरामा ७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज शनिबार स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको पहिलो अध्यावधिक तथ्यांक अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा ७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
३८ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पोखराको कुन स्थानकी हुन् भन्ने खुलेको छैन ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २७ र ५१ वर्षीय २ जना महिला तथा ४४ र ५६ वर्षीय २ जना पुरुष हुन् ।
वडा नम्बर २ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २९ र ३६ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ४ का २९ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५ नम्बर वडाका ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३ जना महिला तथा ३ जना पुरुष रहेका छन् । सो वडामा २७, ३८ र ४४ वर्षीय ३ जना महिला तथा १७, ४६ र ४७ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ११ वर्षीय १ जना बालकलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ७ का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका १९, २८, ३० र ४६ वर्षीय ४ जना महिला तथा १६ र ४३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा ८ का ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ४ जना महिला तथा ५ जना पुरुष रहेका छन् । सो वडामा १४ वर्षीय १ जना बालक, ४२, ६२ र ६४ वर्षीय ३ जना पुरुष सहित १७ वर्षीय २ जना किशोरी, ३४, ३७ र ८० वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
९ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ र ५५ वर्षीय पुरुष हुन् ।
वडा नम्बर १० मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ११ मा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५, ४२, ४७ र ८८ वर्षीय ४ जना महिला तथा १७ र ७५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १२ मा ५ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४३ वर्षीय १ जना महिला सहित २१, ३१, ४६ र ६६ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १३ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २०, २६ र ४३ वर्षीय ३ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
१४ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २३ र ४८ वर्षीय २ जना महिला सहित २३ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १५ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २ जना महिला तथा १ जना पुरुष रहेका छन् । सो वडामा ६१ र ७२ वर्षीय २ जना महिला तथा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १६ मा २ जना महिलालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ र ७८ वर्षीय महिला हुन् ।
पोखरा १७ मा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ जना महिला तथा ३ जना पुरुष रहेका छन् । सो वडामा २६, २९, ३३, ३७, ४४ र ४९ वर्षीय ६ जना महिला तथा ४१, ४४ र ५४ वर्षीय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
१८ नम्बर वडामा ३० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १३ वर्षीय बालिका तथा १५ वर्षीय किशोरीलाई संक्रमण पुष्टि भएको हो ।
२५ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५५ वर्षीय १ जना महिला तथा ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १७, ३० र ४३ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वडा नम्बर ३० मा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
३२ नम्बर वडामा ७१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यता बाग्लुङमा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको जैमिनी नगरपालिका तथा काठेखोला गाउँपालिकाका हुन् ।
गोरखामा १० जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ जना जिल्लाको अजिरकोटका हुन् भने ४ जना कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
लमजुङमा २२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका तथा सुन्दरबजार नगरपालिकाका हुन् ।
मुस्ताङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको कुन स्थानका हुन् भन्ने खुलेको छैन ।
तनहुँमा १९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका तथा ब्यास नगरपालिकाका हुन् ।
स्याङ्जामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको वालिङ नगरपालिकाका हुन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने बारेमा भने खुलेको छैन ।
त्यस्तै पर्वतमा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको पैंयुका हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ८ सय २१ पुगेको छ ।