पोखरामा ४९ सहित कास्कीमा ५१ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । कास्कीमा थप ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लाइफ केयर डायग्नोस्टि प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका ४९ जना तथा कास्की कै रुपा गाउँपालिकाका २ जना सहित कास्कीमा थप ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गोरखामा ९ जना, स्याङ्जामा ९ जना, तनहुँमा ४ तथा पर्वतमा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ६ सय ३७ पुगेको छ ।

कमेन्टहरु
Loading...