ओलम्पियन दीपक विष्ट कोरोना सड्क्रमित

ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ ।

परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिए । सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन् । कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बस्नुभएको छ ।

उनकी पत्नी एवं १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त भएकी छन् ।

कमेन्टहरु
Loading...