पोखरामा कोरोनाबाट थप दुई जनाको निधन

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको ज्यान गएको छ । पछिल्लो पटक ज्यान गुमाउनेमा पोखराका १३ को १ जना तथा लमजुङ १ जना रहेका छन् । दुवै जनाको उपचारका क्रममा ज्यान गएको हो ।

पोखरा १३ का ६६ वर्षीय महिलाको कोरोनाबाट ज्यान गएको छ । उनको बुधबार राति साढे ९ बजे मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको हो । उनलाई मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै लमजुङ मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ८७ वर्षीय महिलाको गएराति साढे दुई बजे ज्यान गएको छ । उनको उपचारको क्रममा कास्की सेवा अस्पतालमा ज्यान गएको हो । उनलाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४४ पुगेको छ ।

कमेन्टहरु
Loading...