पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा प्रदेशका ४ जिल्लाका थप २१ जनामा संक्रमण भएको हो । थपिएका संक्रमितमध्ये ९ जना कास्की जिल्लाका रहेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ६ का १ जना पुरुष, अन्नपूर्ण गाँउपालिकाका ३ जना , मिलिटरि अस्पताल पोखराका ३ जना र कास्की मोडल अस्पतालका १ जना गरि कास्की जिल्लामा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बागलुङमा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यता गोरखा पनि थप ४ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिकामा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ हजार ५ सय ७ जना पुगेको छ ।