पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने बलियो सम्भावना

पेरिस सेन्ट–जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

मंगलबार राति भएको खेलमा पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो ।

आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।

दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ।

कमेन्टहरु
Loading...