पोखरामा तीन हजारबढी सक्रिय कोरोना संक्रमित

पोखरा । पोखरा महानगरपालिकामा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ९८ पुगेको छ । जस मध्य ३ हजार ५८ सक्रिय संक्रमित हुन्।

मंसिर ९ गतेसम्ममा महानगरपालिकामा ९० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । भने १ सय ४९ जनाले कोरोना जितेका छन् ।

वडा नं १७ मा सबैभन्दा धेरे ३ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ सय ४२ जना सक्रिय संक्रमित हुन् ।

उक्त वडामा १० जना संक्रमितले ज्यान गुमाएका छन् ।

सबैभन्दा कम वडा नं २४ मा हालसम्म ७ जनामा संक्रमण पुष्टि भएको छ ।

कमेन्टहरु
Loading...