पोखरामा १८ जना थपिए

पोखरा । पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको दास्रो अध्यावधिक तथ्यांक अनुसार लाइफ केयर डायग्नोस्टिक प्रलिमा गरिएको परीक्षणका क्रममा पोखरामा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २ जना महिला तथा २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ३८ र ५५ वर्षीय २ जना महिला तथा ८६/८६ वर्षीय २ जना पुरुष हुन् ।

वडा नम्बर ४ मा ३० वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा ५ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५१ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

८ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ वर्षीय १ जना महिला तथा ६६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ७२ वर्षीय वृद्धलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १० का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ५२ र ७९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ११ का ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २ जना पुरुष तथा २ जना महिला रहेका छन् । सो वडामा २२ र ६४ वर्षीय २ जना महिला तथा ३१ र ४२ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

१२ नम्बर वडाका ५४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ५५ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा कै वडा नम्बर १६ की ३९ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही समय समय अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उलपब्ध गराएको तथ्यांक अनुसार पोखरामा ५३ तथा मादी गाउँपालिकाका २ सहित कास्कीमा ५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म पोखराका ७१ सहित मादी गाउँपालिकाका २ जना गरेर कास्कीमा ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेशका अन्य जिल्लाहरु स्याङ्जामा २ जना तथा लमजुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ३ सय २ पुगेको छ ।

कमेन्टहरु
Loading...