पोखरामा ५३ सहित कास्कीमा थप ५५ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप ५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ५५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ३ का ३५ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा ४ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ९ वर्षीय बालिका तथा २८ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

५ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४३ वर्षीय १ जना महिला तथा १९ र २५ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५१ र ५६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ७ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २९ र ३५ वर्षीय २ जना महिला तथा ३१ र ६६ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा ८ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १६ वर्षीय १ जना किशोरी तथा ४४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

९ नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १ जना महिला तथा अन्य ३ जना पुरुष रहेका छन् । सो वडामा ६५ वर्षीय १ जना महिला तथा ५१, ५२ र ७५ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ११ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित ४६ वर्षीय १ जना पुरुष हुन् ।

वडा नम्बर १३ मा ३६ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरा १४ मा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये ३ जना महिला तथा ४ जना पुरुष हुन् । सो वडामा २०, ६० र ६७ वर्षीय ३ जना महिला तथा २३ वर्षीय २ जना, ४२ र ५१ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

१५ नम्बर वडामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २६ र ८८ वर्षीय २ जना महिला सहित ७ वर्षीय १ जना बालक तथा ३९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२, २५ र ३२ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १७ मा ६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३ जना महिला तथा ३ जना पुरुष रहेका छन् । सो वडाका २२, ३३ र ३५ वर्षीय ३ जना महिला सहित ३२, ३७ र ५३ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १९ का ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८, ३१, ४०, ५५ र ७९ वर्षीय ५ जना महिला तथा २७ र ५२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

२१ नम्बर वडाकी २६ वर्षीय १ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २३ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित २२ वर्षीय पुरुष हुन् ।

त्यस्तै पोखरा ३२ की ५५ वर्षीय १ जना महिला तथा ३५ वर्षीय १ जना पुरुष सहित २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्की कै मादी गाउँपालिकामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ९ की २३ वर्षीय महिला तथा १० नम्बर वडाकी २५ वर्षीय महिला रहेकी छिन् ।

यता गण्मडकी प्रदेशका गोरखा जिल्लामा १७ जना, तनहुँमा ११ जना, नवलपरासी पूर्वमा ५ जना, स्याङ्जामा २ जना तथा लमजुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार २ सय ८१ पुगेको छ ।

कमेन्टहरु
Loading...