पोखरामा १३ जना कोरोना संक्रमित थपिए

पोखरा । पोखरामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरणका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ७ जना मिलिटरी अस्पताल पोखराका ७ जना रहेका छन् । संक्रमित सबै पुरुष हुन् । सो अस्पतालका संक्रमितहरु २०, २७, ३५, ४१, ४४, ४६ र ४९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १० का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज पोखरामा गरिएको परीक्षणका क्रममा सो वडाकी २० वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै अन्य संक्रमितहरु पोखरा महानगरपालिका वडा नम्बर २५ का हुन् । उनीहरुमध्ये १ जना महिला तथा ४ जना पुरुष रहेका छन् । सो वडाका २५ वर्षीय १ जना महिला सहित १८, २३ वर्षीय २ जना र ३२ वर्षीय ४ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गोरखामा २ जना, तनहुँमा २ जना, नवलपरासीमा ११ जना पर्वतमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ९१ पुगेको छ ।

कमेन्टहरु
Loading...