ब्रेकिङ्ः लेकसाइडमा नेता सुरेन्द्र पाण्डे, भूमिगत शैलीमा भेला आयोजना

गन्थन डेस्क

नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी नेता सुरेन्द्र पाण्डे यतिबेला पोखराको लेकसाइडस्थित होटल माउण्ट कैलाशमा आयोजित भेलामा आइपुगेका छन् ।

शनिबार चितवनको राप्ती नगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि भएका उनलाई त्यहाँ उपस्थित पार्टीकै कार्यकर्ताले लखेटेका थिए । सोही घटना पोखरामा पनि दोहोरिन सक्ने आशंका भएपछि कडा सुरक्षाकासाथ भेला आयोजना गरिएको छ ।

होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भूमिगत शैलीमा आयोजना गरिएको भेलामा केपी ओली पक्षधर कार्यकर्ता गेट बाहिर रहेका छन् । भेलास्थलसम्म पुग्न भित्रैबाट नाम र आदेश आउनु पर्ने भएको छ ।

त्यस्तै, कुनै पनि अप्रिय घटना नहोस् भनि सादा पोशाकमा प्रहरी खटाइएको फिल्डमा खटिएका हाम्रा संवाददाताले जनाएका छन् । होटलमा आयोजित भेलाबारे बुझ्न खोज्दा नेकपाका केन्द्रीय सदस्य चुडामणि जंगलीले होटलमा कुनै पनि भेला नभएको भन्ने प्रतिक्रिया दिए । उनले पोखरामा आउने कार्यक्रम रद्द गरी काठमाण्डौं फर्किएको भन्दै गलत सूचना दिएका छन् ।

चितवनमा मन्तव्य राख्ने क्रममा मदन भण्डारी फाउण्डेशनको विषयमा बोल्दा पाण्डेविरुद्ध हो–हल्ला र नाराबाजी भएपछि प्रहरी सुरक्षाकासाथ उनलाई त्यहाँबाट निकालिएको थियो । स्मरणीय छ, पाण्डे माधव नेपाल गुटका हुन् ।

कमेन्टहरु
Loading...