पोखरामा ३६ सहित प्रदेशमा ४८ जना संक्रमित थपिए

पोखरा । पोखरामा फेरी ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका थप ३६ जनालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पोखरा १ का २ जना रहेका छन् । सो वडाका ३७ वर्षीय महिला तथा १५ वर्षीय किशोर हुन् ।

पोखरा ३ मा थप ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो वडाका ६० वर्षीय १ जना महिला तथा ३७, ३८ र ६५ वर्षीय ३ जना पुरुष रहेका छन् ।

त्यस्तै पोखरा ५ का ३२ वर्षीय १ जना पुरुष, वडा नम्बर ७ मा ३९ र ४१ वर्षीय २ जना पुरुष, ८ मा ५४ र ६० वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० र ५१ वर्षीय २ जना महिला तथा ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ११ मा ६ जना महिला तथा १ जना पुरुष सहित ७ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २८, ३३, ३६, ३९, ५० र ७८ वर्षीय ६ जना महिला तथा ४७ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१३ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७० वर्षीय १ जना महिला तथा २६ र ३५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १६ का २५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१७ नम्बर वडाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २५ र २७ वर्षीय २ जना महिला तथा ४९ वर्षीय १ जना पुरुष हुन् ।

त्यस्तै पोखरा १८ का ४७ वर्षीय १ जना पुरुष तथा १९ का ६२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा २१ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो वडाका ६५ वर्षीय १ जना महिला तथा २९ र ३२ वर्षीय २ जना पुरुष हुन् ।

यता पोखरा ३२ का २९८ वर्षीय १ जना महिला तथा ३२ र ३९ वर्षीय २ जना पुरुष सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस अगाडिको तथ्यांक अनुसार कास्कीको पोखरामा ७० तथा अन्नपूर्ण गाउँपालिकामा १ जना सहित ७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म कास्कीमा १ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै बाग्लुङमा १२ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको काठेखोला, ताराखोला तथा बाग्लुङ नगरपालिकाका हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ६१ पुगेको छ ।

 

कमेन्टहरु
Loading...