पोखरा । पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले उलपब्ध गराएको तस्रो विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका संक्रमित ४९ वर्षीय १ जना पुरुष हुन् ।
वडा नम्बर ४ का ३९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा १० का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाकी ३५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।
१७ नम्बर वडाका १ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १७ वर्षीय किशोरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २८ की २८ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर ३० की २९ वर्षीय १ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।
केही समय अगाडि स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा ६४ तथा अन्नपूर्ण गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म कास्कीमा ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जामा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ६ का ६३ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार १३ पुगेको छ ।